काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले पद तथा गोपनियताको शपथ लिनुभएको छ। उहाँहरूले पार्टीका ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईँबाट शपथ ग्रहण गर्नुभएको हो ।
शपथका क्रममा उहाँहरूले पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्ने प्रतिज्ञा गर्नुभयो । यसअन्तर्गत पार्टी एकता जोगाउने, स्वच्छ तथा नैतिक आचरणयुक्त जीवन बिताउने, सबैखाले प्रतिक्रियावादी शक्ति, गलत विचार र गलत व्यवहारविरुद्ध दृढतापूर्वक संघर्ष गर्ने प्रतिबद्धता समेटिएको छ।
तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलहरू एकताबद्ध भएर नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको हो। नवगठित पार्टीका केन्द्रीय सदस्यहरूले आज पद तथा गोपनियताको शपथ लिने कार्यक्रम रहेको छ। पार्टीले कुल २ हजार ४९९ केन्द्रीय सदस्यलाई शपथ गराउने तयारी गरेको जनाएको छ।
तपाईको बिचार