गगन र विश्व महाधिवेशन पछिको वैधताबारे कानुनी परामर्शमा - MirrorNepal.com

गगन र विश्व महाधिवेशन पछिको वैधताबारे कानुनी परामर्शमा


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन्। सभापति शेरबहादुर देउवासँग सहमति जुट्न नसकेपछि उनीहरू कानुनका जानकारहरूसँग छलफलमा लागेका हुन् ।

बुधबार बिहान देउवासँग भएको भेटवार्तामा प्रत्यक्षतर्फको उम्मेदवारको टिकट वितरणबारे छलफल भएको थियो। छलफलमा देउवाले उम्मेदवारको प्रस्तावमा अर्को नेताको हस्ताक्षर कानुनअनुसार मिल्ने हो भने आफू तयार रहेको धारणा राखेका थिए। साथै उनले निर्वाचन आयोग र कानुनविद्सँग परामर्श गरेर टुङ्गो लगाउन सुझाव दिएका थिए।

त्यसपछि महामन्त्रीद्वय थापा र शर्मा आफू निकट नेता तथा कानुनविद्हरूसँग छलफलमा जुटेका हुन्। देउवासँगको छलफलबारे कानुनविद्सँग कुराकानी भइरहेको जानकारी केन्द्रीय सदस्य प्रकाश स्नेहीले दिए ।

सभापति देउवासँग बुधबार बिहान भएको छलफल सहमतिमा नटुंगिएपछि थापा र शर्मा देउवा निवासबाट बाहिरिएका थिए।

तपाईको बिचार