नेकपाका असिम राई सोलुखुम्बुबाट प्रतिनिधिसभा उम्मेदवार - MirrorNepal.com

नेकपाका असिम राई सोलुखुम्बुबाट प्रतिनिधिसभा उम्मेदवार


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सोलुखुम्बु प्रतिनिधिसभा निर्वाचनका लागि युवा नेता असिम राईलाई उम्मेदवार बनाएको छ। नेकपाले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राईलाई सोलुखुम्बु निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा अघि सारेका हुन् ।

सोलुखुम्बु जिल्लामा प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको छ । हाल थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्षसमेत रहेका राई २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि सोही पालिकाबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा सोलुखुम्बुबाट नेकपा एमालेका मानवीर राई विजयी भएका थिए । यसपटक एमालेले कल्पना राईलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले प्रकाशसिंह कार्कीलाई आफ्नो उम्मेदवार बनाएको छ । श्रम संस्कृति पार्टीले वियस राईलाई उम्मेदवार बनाएको छ ।

वि.सं. २०६३ सालदेखि सक्रिय राजनीतिमा होमिएका असिम राई एक्सन–ओरिएन्टेड स्वभाव, प्रभावशाली वक्तृत्वकला र स्पष्ट दृष्टिकोण भएका नेताका रूपमा परिचित छन् ।

तपाईको बिचार