उनेपाका प्रत्यक्ष उम्मेदवार नै कांग्रेस प्रवेश - MirrorNepal.com

उनेपाका प्रत्यक्ष उम्मेदवार नै कांग्रेस प्रवेश


काठमाडौं । उज्यालो नेपाल पार्टीका प्रत्यक्षतर्फका उम्मेदवारले नै पार्टी छाडेका छन् । डोल्पामा उम्मेदवारी दर्ता गरेका दिल बहादुर विष्ट कांग्रेस प्रवेश गरेका हुन् ।

विष्ट शनिबार नेपाली कांग्रेस पार्टी प्रवेश गरेका हुन् । उनलाई नेपाली कांग्रेस सहमहामन्त्री एवं डोल्पामा कांग्रेसकै उम्मेदवार समेत रहेका कर्ण बहादुर बुढाले पार्टीमा प्रवेश गराएका हुन् ।

उनले कांग्रेस प्रवेश गरेपनि उनको उम्मेदवारी भने यथावत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

तपाईको बिचार