काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बारा जिल्लाका विभिन्न स्थानमा मतदातासँग भेटघाट गर्दै आफ्नो चुनावी अभियान तीव्र बनाएका छन्।
घिसिङले सोमबार बिहान ६ बजे सिमरा एयरपोर्टबाट आफ्नो भ्रमण सुरु गरेका थिए । त्यहाँबाट उनी लामिडाँडा हुँदै रामनगर र त्यसपछि टाङ्गिया बस्ती पुगेका थिए, जहाँ कोणसभा आयोजना गरिएको थियो।
टाङ्गिया बस्तीमा लगभग १७-१८ सय घर छन्, र यो क्षेत्र व्यक्तिको नामभन्दा प्रति जग्गामा विभाजित छ। उक्त बस्तीमा अन्य आवश्यक सुविधा भने पर्याप्त छैनन् ।
अध्यक्ष घिसिङले बस्तीमा बत्ति जडानको पहल गरेका थिए, जसले स्थानीय जनताको जीवनमा सुधार ल्याउने अपेक्षा गरिएको छ। भ्रमणको क्रममा उनी रामनगरमै रात्रीभोज गरी बस्तीमा बसेका थिए।
आज घिसिङ कलैया पुगे र त्यहाँ भोजन गरेका छन् । त्यसपछि उनी प्रसौना हुँदै पुनः सिमरा एयरपोर्टबाट काठमाडौं फर्केका छन्।
उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङले यस भ्रमणले बारा जिल्लामा पार्टीको मतदातासँग प्रत्यक्ष संवाद र स्थानीय समस्याहरू बुझ्ने अवसर प्रदान गरेको बताएका छन्।
तपाईको बिचार