प्रचण्डलाई सहिद परिवारको निर्वाचन सहयोग - MirrorNepal.com

प्रचण्डलाई सहिद परिवारको निर्वाचन सहयोग


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहिद परिवारले निर्वाचनका लागि सहयोग गरेका छन् । मतदाता भेटघाटका लागि जनताको घरदैलो आभियानका क्रममा प्रचण्डलाई सिस्ने-८, का सहिद परिवारले निर्वाचन परिचालनका लागि संयुक्त रूपमा १ लाख ५०५ रूपैयाँ सहयोग गरेका छन् ।

बुधबार धपेमा आयोजित जनभेटघाट कार्यक्रममा सहिद हरिचन्द्र पुनका बुवा पदमबहादुर पुनले सहिद परिवारहरूको तर्फबाट आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । सिस्नेको ८ नम्बर वडाबाट जनयुद्धमा २० जना सहिद भएका थिए ।

अप्रत्याशित रूपमा प्राप्त सहयोगले उनी भावविभोर भएका थिए। स्रोतका अनुसार, नसोचेको स्थानबाट सहयोग प्राप्त हुँदा उनी केहीबेर छक्कसमेत परेका थिए। रुकुमपूर्वका प्रतिनिधि सभा उम्मेदवार प्रचण्डले उक्त रकम निर्वाचन परिचालन समितिका संयोजक गणेशमान पुनलाई हस्तान्तरण गरेका छन् ।

स्रोतका अनुसार, नसोचेको स्थानबाट सहयोग प्राप्त हुँदा उनी केहीबेर छक्कसमेत परेका थिए। जन भेटघाटमा संयोजक प्रचण्डले सहिद परिवारको सहयोग साङ्केतिक तर शक्तिशाली भएको बताए ।

उनले सबै परिवर्तन सहिदको वलिदानबाट सम्भव भएको बताउंदै सहिद र परिवारजनप्रति सम्मान गरे ।

तपाईको बिचार