काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष जो झापा–५ का उम्मेदवार पनि रहेका छन्, केपी शर्मा ओलीले देशभर गाउँ-गाउँमा, टोल-टोलमा सुरक्षा समिति बनाउन निर्देशन दिएका छन् ।
सोमबार आफ्नो निर्वाचन क्षेत्रमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘अब दशौँ दिनका दिन चुनाव छ । यति बेला गाउँ-गाउँमा, टोल -टोलमा सुरक्षा समितिहरु बनाउनुस् ।’
हरेक बुथमा ३० जना भोलेन्टियर फाेर्स राख्न निर्देशन दिँदै उनले सुरक्षाकर्मीमाथि आक्रमण हुन नदिन निर्देशन दिए । स्थानीय पार्टीको नीतिअनुसार चल्न सुरक्षा दस्तालाई भनेका ओलीले आफूहरुको शासन कालमा विकास र समृद्धिका लागि काम गरेको दाबी गरे ।
आफूले काम गरेको देखेपछि विरोधी र भूमिगत गिरोहले आफूलाई सरकारबाट हटाएको भन्दै उनले अहिले रोकिएका कार्यहरु आफू सरकारमा आएपछि फेरि अघि बढ्ने बताए ।
एमाले अधक्ष ओली हाल झापा जिल्लाको ५ मा निर्वाचन प्रचार प्रसारमा व्यस्त रहेका छन्।
तपाईको बिचार