काठमाडौं। लामो समयदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आएका तिलक उप्रेतीले नेकपा (एमाले) परित्याग गरेको घोषणा गरेका छन् ।
गल्कोट नगरपालिका, बागलुङ निवासी उप्रेतीले आज प्रेस वक्तव्य जारी गरी नेपाली कम्युनिष्ट आन्दोलनको मुल प्रवाह नेकपा रहेको बताउँदै नेकपामा प्रवेश गरेका हुन् । पछिल्लो समय एमाले भित्र नीति र नेतृत्वका कारण आफूलाई सक्रिय रूपमा काम गर्न असहज भएको निष्कर्षसहित उनले एमाले छाड्ने निर्णय लिएको बताएका छन् ।
एमालेमा रहँदाका सहयोद्धा तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै उनले अब महान् सहिदहरूले देखाएको मार्गअनुसार राष्ट्र, पार्टी, वर्गहित र समाज रूपान्तरणका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाए । उप्रेतीले वागलुङ जिल्लाबाट क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन सक्दो योगदान गर्ने पनि बताएका छन् ।
तपाईको बिचार