काठमाडौँ । गत निर्वाचनमा नराम्रो क्षतिपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आव्हान गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही चैत ६ गते शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ती जारी गरी जानकारी दिएका छन् ।
बैठकमा निर्वाचनको समीक्षा र आगामी दिनमा पार्टीले अपनाउने रणनीति र आगामी महाधिवेशनबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।
उक्त बैठकमा उपस्थिती हुनका लागि कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य र प्रदेश सभापतिलाई अनुरोध गरेको छ ।
बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन। यद्यपि कांग्रेसले गत २१ फागुनमा भएको निर्वाचनको समीक्षाका लागि बैठक आह्वान गरिएको बताइएको छ।
तपाईको बिचार