काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार (आज) भएको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामालाई हराउँदै उनी उपसभामुखमा निर्वाचित भएकी हुन् ।
रुबीकुमारीले २१५ मत पाउँदा राप्रपाकी लामाले ५ मत मात्रै पाइन् । विपक्षमा राप्रपाका सांसदले मत दिएका थिए भने नेकपा (एमाले)का सांसदले मत दिएनन्।
वर्तमान संसद्की सबैभन्दा कान्छी सदस्य रुबीकुमारीले २५ वर्षकै उमेरमा नेपालकै कम उमेरको उपसभामुख बनेर नयाँ इतिहास रचेकी छिन् । ठाकुरलाई श्रम संस्कृति पार्टीले मधेसी महिला कोटाबाट समानुपातिक सांसद बनाएको थियो ।
यसअघि सभामुख अर्यालले राप्रपा सांसद सरस्वती तामाङलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका थिए। राप्रपा सांसद ज्ञानबहादुर शाहीले राखेको प्रस्तावमा निर्वाचन हुँदा पक्षमा पाँच मत खसेका थिए। राप्रपाका सांसदले मत दिएका थिए।
प्रस्तावको विक्षमा २१५ मत परेका थिए भने मत दिन्न भन्ने पक्षमा ३७ मत परेका थिए। रास्वपा, कांग्रेस, नेकपा र श्रम संस्कृति पार्टीले विपक्षमा मतदान गरेका थिए भने एमालेले मत दिन्न भन्ने पक्षमा मत दिएको थियो।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा २५७ सांसद उपस्थित रहेका थिए। उपसभामुखमा निर्वाचित भएकी ठाकुर श्रम संस्कृति पार्टीकी सांसद हुन्। उनी समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित भएकी थिइन्।
तपाईको बिचार