काठमाडाैं उपत्यकामा यातायातको नयाँ भाडादर लागू - MirrorNepal.com

काठमाडाैं उपत्यकामा यातायातको नयाँ भाडादर लागू


काठमाडाैं । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गर्दै नयाँ दर लागू गरेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमार्फत सूचना जारी गर्दै संशोधित भाडादर सार्वजनिक गरेको हो।

यो नयाँ व्यवस्था काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सवारी साधनका साथै उपत्यकाबाट बागमती प्रदेशका विभिन्न सहर तथा बस्तीमा चल्ने रुटहरूमा लागू हुनेछ। दूरीका आधारमा भाडा निर्धारण गरिएकाले यात्रुहरूले यात्रा गर्ने दूरीअनुसार फरक–फरक रकम तिर्नुपर्नेछ।

नयाँ भाडादर अनुसार उपत्यकाभित्र सार्वजनिक यातायातको न्यूनतम भाडा अब २४ रुपैयाँ कायम गरिएको छ।

दूरी अनुसार उपत्यकाभित्रकाे भाडा यसप्रकार तोकिएको छ:

०–५ किलोमिटर: २४ रुपैयाँ

०–१० किलोमिटर: ३३ रुपैयाँ

०–१५ किलोमिटर: ३९ रुपैयाँ

०–२० किलोमिटर: ४४ रुपैयाँ

२० किलोमिटरभन्दा माथि: ५० रुपैयाँ

तर, विद्युतीय सवारी साधनका हकमा भने हालसम्म लागू भइरहेको पुरानै भाडादर कायम रहने मन्त्रालयले स्पष्ट पारेको छ। सरकारको यो निर्णयसँगै सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुहरूमा प्रत्यक्ष असर पर्ने अपेक्षा गरिएको छ।

तपाईको बिचार