कांग्रेस संसदीय दलको निर्वाचन स्थगित - MirrorNepal.com

कांग्रेस संसदीय दलको निर्वाचन स्थगित


काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज हुने भनिएको निर्वाचन स्थगित भएको छ । दलको नेता सहमतिमा चयन गर्नका लागि भन्दै कांग्रेसले निर्वाचन प्रक्रिया स्थगित गरेको हो ।

दलको नेता सहमतिमा चयन गर्न उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको छ । समितिमा पुष्पा भुसाल, प्रदिप पौडेल, गुरुराज घिमिरे, निर्वाचन समितिका संयोजक प्रकाश सदस्य भुसाल र अर्का सदस्य राजु कटुवाल छन्।

पुष्पा भुसाल कांग्रेसको उपसभापति हुन् भने घिमिरे र पौडेल महामन्त्री हुन् । अब कहिले निर्वाचन हुने या सहमतिमा हुने भन्ने केही बेरमा निर्वाचन समितिले विज्ञप्ति जारी गरेर जानकारी दिइने सदस्य भुसालले जानकारी दिइन् ।

तपाईको बिचार