राष्ट्रियसभा कांग्रेस संसदीय दलको नेतामा कमला पन्त - MirrorNepal.com

राष्ट्रियसभा कांग्रेस संसदीय दलको नेतामा कमला पन्त


काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेता परिवर्तन गरेको छ । कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाएर कमला पन्तलाई मनोनीत गरेको छ ।

प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिटौलालाई हटाएर पन्तलाई मनोनीत गरेका हुन् । कांग्रेस विधानमा प्रतिनिधिसभा दलको नेताले राष्ट्रिय सभा दलको नेता मनोनयन गर्ने व्यवस्था छ ।

सिटौला कांग्रेसमा शेरबहादुर देउवा समूहका हुन् । पन्त भने गगन थापा समूहकी हुन् ।

यसैगरी प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरिएको छ। संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बुधबार प्रमुख सचेतकमा थापा र सचेतकमा राईलाई मनोनयन गरेका हुन्।

कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १३ (२) बमोजिम मुख्य सचेतकमा थापा र धारा १३ (३) बमोजिम सचेतकमा राईलाई मनोनयन गरिएको जनाइएको छ।

तपाईको बिचार