गुजरातको अहमदाबादमा एअर इन्डियाको विमान दुर्घटना - MirrorNepal.com

गुजरातको अहमदाबादमा एअर इन्डियाको विमान दुर्घटना


  • Mirror Team २९ जेठ २०८२, बिहिबार १५:५६:३२

काठमाडौँ । एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ । विमानमा चालक दलसहित २४२ यात्रु सवार थिए ।

विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी समेत सवार रहेको भारतीय समाचार संस्था दैनिक भास्करले जनाएको छ ।

विमान लन्डनतर्फ उडान भर्दै गर्दा टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटनाग्रस्त भएको थियो । भारतीय समय अनुसार १ बजेर ३८ मिनेटमा विमान टेकअफ गरेको थियो ।

अहिले उद्धारको काम भइरहेकाे छ।

अहमदाबाद विमानस्थलबाट उडान भरेको केही समयपछि मेघानीनगर नजिकै दुर्घटनाग्रस्त भएको हो ।

विमानस्थलबाट मेघानीनगरको दूरी लगभग १५ किलोमिटर छ । दुर्घटना लगत्तै ७ वटा दमकलका गाडी घटनास्थलमा पुगेर आगो निभाउन थालेका छन् ।

तपाईको बिचार