इरानका आणविक प्रशोधन केन्द्रमा इजरायलको आक्रमण - MirrorNepal.com

इरानका आणविक प्रशोधन केन्द्रमा इजरायलको आक्रमण


  • Mirror Team ३० जेठ २०८२, शुक्रवार ११:१९:३१

काठमाडौं  । इजरायलले  इरानका आणविक प्रशोधन केन्द्रहरूमा हवाई आक्रमण गरेको छ। इरानी राज्य मिडियाका अनुसार, आक्रमणमा इरानका क्रान्तिकारी गार्ड प्रमुख होसेन सालामी र पूर्व आणविक उर्जा प्रमुख फेरेयदुन अब्बासीको मृत्यु भएको छ।

आक्रमणपछि राजधानी तेहरानलगायत देशभर नै विस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले उक्त आक्रमण ‘इरानको आणविक कार्यक्रमको केन्द्रमै प्रहार’ भएको दाबी गरेका छन्।

अन्तर्राष्ट्रिय आणविक उर्जा संस्थाले हालै २० वर्षपछि पहिलोपटक इरानलाई आणविक अप्रसार सन्धिको उल्लंघन गरेको भन्दै चेतावनी दिएको थियो। यद्यपि, इरानले आफ्नो कार्यक्रम शान्तिपूर्ण नागरिक प्रयोजनका लागि मात्र रहेको जिकिर गर्दै आएको छ।

बीबीसीका अनुसार, तेहरानको विमानस्थल बन्द गरिएको छ भने इजरायलले आपतकाल घोषणा गरेको छ। अमेरिकाले भने यो आक्रमणमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको छ।

तपाईको बिचार