एयर इण्डियाले उडिरहेका विमानलाई फिर्ता बोलायो - MirrorNepal.com

एयर इण्डियाले उडिरहेका विमानलाई फिर्ता बोलायो


  • Mirror Team ३० जेठ २०८२, शुक्रवार १४:२२:०६

काठमाडौं । इजरायलले इरानमाथि आक्रमण गरेपछि एयर इन्डियाले यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै धेरै उडानहरूको रुट परिवर्तन गरेको छ। साथै, धेरै विमानहरू फिर्ता बोलाइएको छ।

एयर इन्डियाले असुविधाको लागि माफी मागेको छ र प्रभावित सबै उडानहरूको बारेमा जानकारी जारी गरेको छ।

एयर इन्डियाले यात्रुहरूको सुविधाको लागि आफूहरूले हरसम्भव ध्यान दिइरहेकि भनी बताएको छ । यात्रुहरूलाई उनीहरूको गन्तव्यमा पुर्‍याउन वैकल्पिक व्यवस्था गरिँदैछ।

एयर इन्डियाले आफ्नो वेबसाइटमा गएर उडान स्थिति जाँच गर्न सल्लाह दिएको छ। इजरायलको आक्रमणपछि इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ।

तपाईको बिचार