बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्याण्डमा आकस्मिक अवतरण - MirrorNepal.com

बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्याण्डमा आकस्मिक अवतरण


  • Mirror Team ३० जेठ २०८२, शुक्रवार १४:५९:०९

काठमाडौं । एयर इन्डियाको जहाज थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ ।

१५६ यात्री लिएर थाइल्याण्डको फुकेटबाट नयाँ दिल्लीका लागि उडेको एयर इन्डियाको उडान AI-379 लाई बमको धम्की आएपछि शुक्रबार बिहान फुकेट विमानस्थलमै आकस्मिक अवतरण गरिएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार आज बिहान ५ बजेर ३९ मिनेटमा उडेको जहाज फर्किएर मुम्बईमा अवतरण गरेको हो ।

बिहीबार दिउँसो मात्रै भारतको अहमदावादबाट बेलायतको लण्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७-८ विमान दुर्घटना भएको थियो । दुर्घटनामा विमानमा सवार २४१ जनाको मृत्यु भएको थियो ।

तपाईको बिचार