काठमाडौं। इजरायल र इरानबीचको तनावका कारण किएभलाई दिइने सैन्य सहायतामा कमी नआउने विश्वास युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले व्यक्त गरेका छन् ।
उनले भने- हामी युक्रेनलाई दिइने सहयोग यसबाट कम नहोस् भन्ने चाहन्छौँ । पछिल्लो पटक युक्रेनलाई सहायता कम गर्न कारक बनेको इजरायल र अरब राष्ट्रको सैन्य तनाव पनि एक कारक बनेको थियो ।
इजरायलले शुक्रबार इरानमाथि आणविक तथा सैन्य संयन्त्रका साथै उच्च पदस्थ जनरल र आणविक वैज्ञानिकलाई लक्षित गरी ठूलो मात्रामा आक्रमण गरेको थियो ।
इरानमाथिको आक्रमणले तेलको मूल्यमा वृद्धि भएको र यसले रुसलाई फाइदा पुग्ने जेलेन्स्कीले बताएका छन् ।
‘आक्रमणका कारण तेलको मूल्यमा तीव्र वृद्धि भयो । यो हाम्रो लागि नराम्रो हो’, रूसी तेल निर्यातमा मूल्य सीमा लागू गर्न आह्वान गर्दै उनले थने । उनले निकट भविष्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्भावित बैठकमा मूल्य सीमाको मुद्दा उठाउने बताए ।
यद्यपि, इजरायली आक्रमणहरूले तेहरानबाट मस्कोलाई सैन्य उपकरण आपूर्तिमा कमी ल्याउँछ भने यो किएभका लागि पनि अनुकूल हुन सक्छ । रूसले युक्रेनविरूद्धको लडाईमा इरानमा निर्मित ड्रोन र उत्तर कोरियाली जनशक्तिको व्यापक प्रयोग गरेको दावी युक्रेन र उसका पश्चिमी सहयोगीहरूले गरेका छन् ।
युक्रेनी नेताले वासिङ्टनको संलग्नताबिना युरोपको समर्थन रोकिने चेतावनी पनि दिए । ‘यदि अमेरिकाको संलग्नता छैन भने युक्रेनलाई दिने सहयोग के गर्ने भनेर युरोपले अहिलेसम्म निर्णय गरिसकेको छैन,’ उनले भने ।
उनले रुससँगको वार्तामा ‘दृष्टिकोण परिवर्तन’ गर्न अमेरिकालाई आग्रह गर्दै अहिले अमेरिकाको रूससँगको सम्बन्ध ‘धेरै न्यानो’ भएको र यसले युद्ध अन्त्य गर्न सहयोग नगर्ने चेतावनी दिए ।
तपाईको बिचार