काठमाडौं । मध्यपूर्वमा इसराइल र इरानबिच मिसाइल हानाहान चलिरहदा अमेरिकि राष्ट्रपति डोनल्ड जे ट्रम्प्ले इरानलाई चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले आइतबार यदि इरानले संयुक्त राज्य अमेरिकामाथि आक्रमण गर्यो भने उसले अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ भोग्नुपर्ने चेतावनी दिएका छन्।
तेहरानका आणविक र गुप्तचर सुविधाहरूमाथि इजरायलको आक्रमणमा वासिङ्टनको ‘कुनै संलग्नता नरहेको’ उनले दोहोर्याए ।
तेहरानका अनुसार शुक्रबार बिहान सुरु भएको इजरायलको अपरेसनले इरानी आणविक र सैन्य ठाउँहरूलाई निशाना बनाएको छ र यसमा शीर्ष सेना कमान्डर र आणविक वैज्ञानिकहरूसहित दर्जनौँको मृत्यु भएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘आयातोल्लाह शासनको हरेक लक्ष्य’मा आक्रमण गर्ने प्रतिज्ञा गरेका छन् र इरानले घातक मिसाइल आक्रमणका साथ जवाफ दिएको छ ।
ट्रम्पले इजरायली अपरेसन सुरु हुनुअघि नै आफूलाई यसको जानकारी रहेको बताएका थिए । उनले आइतबार बिहान आफ्नो ट्रुथ सोसल प्लाटफर्ममा संयुक्त राज्य अमेरिकाको ‘आज राति इरानमाथिको आक्रमणमा कुनै संलग्नता छैन’ भनी दोहोर्याए ।
तपाईको बिचार