संस्थापक शेयर बिक्री गर्दै प्रभु बैंक - MirrorNepal.com

संस्थापक शेयर बिक्री गर्दै प्रभु बैंक


  • Mirror Team ३ असार २०८२, बुधबार १४:५२:४८

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बिक्री खुल्ला गरेको छ । प्रभु बैकले ९ हजार ८८२ कित्ता सेयर सिलबन्दी बोलपत्र खुला गरेको हो ।

कम्पनीले बोलकबोल माध्यमबाट बैंकको शेयरको न्यूनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ मूल्य तोकेको छ । शेयर खरिदका लागि बोलकबोल गर्दा बैंकको न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्ने छ ।

आवेदन आगामी असार १० गते भित्र बिक्री प्रबन्धक रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडमा पेश गर्न सकिने छ ।

शेयर खरिद गर्न इच्छुक बोलपत्रदाताले अथवा संघ संस्था ,कम्पनी भएमा दर्ता प्रमाणपत्र , कर चुक्ता प्रमाणपत्र, शेयर खरिद गर्ने सम्बन्धमा सो संस्थाको संचालक समितिको निर्णयको प्रतिलिपि र विगत २ आर्थिक वर्षदेखि संस्था मुनाफामा रहेको प्रमाणित गर्ने कागजात समेत आवेदन फारमका साथ संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ ।

तपाईको बिचार