इजरायलद्वारा इरानको आणविक रियाक्टरमा हमला - MirrorNepal.com

इजरायलद्वारा इरानको आणविक रियाक्टरमा हमला


  • Mirror Team ४ असार २०८२, बिहिबार १६:४३:५७

काठमाडौं । इजरायलले इरानको अराकमा वाटर रियाक्टरमाथि हमला गरेको छ । यो हमलामा कति क्षति भयो भन्ने जानकारी सार्वजनिक गरिएको छैन । तर, इजरायली सेनाले अराक र खोंडब शहरका मानिसलाई यो इलाका खाली गराउन चेतावनी दिएको केही घन्टाभित्रै हमला गरेको हो । अराकमा ठूलो वाटर रियाक्टर छ ।

यो इरानको परमाणु कार्यक्रमको एउटा महत्त्वपूर्ण हिस्सा मानिन्छ । यसका साथै अराकमा ठूलो मात्रामा हतियारको समेत उत्पादन गर्ने गर्छ ।

हमलाको जवाफमा इरानले पनि चारवटा इजरायली शहरलाई निसाना बनाएको छ । इरानले इजरायलको राजधानी तेल अभिभसहित बिर्शेबा, रमत गण र होलोन शहरमाथि ३० वटा मिसाइल प्रहार गरेको हो ।

इजरायली मिडियाका अनुसार सातवटा मिसाइल इजरायली डिफेन्स सिस्टमले रोकेको थियो । इरानी हमलामा १७६ जनाभन्दा बढी घाइते भएको बताइएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जानीबुझी इरानले नागरिक र अस्पताललाई निसाना बनाएको भन्दै यसको बदला लिने चेतावनी दिएका छन् ।

इरानले इजरायलको स्टक एक्सचेन्ज र सोरोका अस्पतालमा पनि हमला गरेको छ । इरानको हमलापछि विदेशमन्त्री गिदोन साआरले विदेश मन्त्रालयलाई सोरोका अस्पतालमा एउटा प्रेस अपरेसन सेन्टर खोल्न निर्देशन दिएका छन् । – एजेन्सी

तपाईको बिचार