काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन र चाँदीको दुवैको मूल्यमा भारी गिरावट आएको छ । आज सुन प्रतितोला एक हजार ७०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला दुई हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी सोमबार बसेको अर्थसमितिको बैठकले सुनचाँदी व्यवसायीको संरक्षण गर्न सरकारले कर प्रणाली सुस्त बताउनु पर्नेमा जोड दिएको छ । आगामी आर्थिक वर्षमा सरकारले घोषणा गरेको विलासिता कर र व्यवसायीहरुले गरेको विरोधका बारेमा सोमबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकले सरकारलाई कर प्रणाली चुस्त बनाउ निर्देशन दिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुन तथा गरगहनामा शून्यबाटै कर लाग्ने गरी भएको घोषणा फिर्ता लिन माग गरेपछि सो विषयमाथि प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा छलफल भएको थियो ।
सुनचाँदी व्यवसायीले महासंघले सुन जन्मदेखि मृत्यपछिको संस्कारमासमेत आवश्यक पर्ने हुँदा यसलाई विलासिताका रूपमा नहेरी संस्कार, संस्कृति र सम्पतिका रूपमा बुझिदिन सरकारलाई सुझाव दिएको छ ।
तपाईको बिचार