एसइईको नतिजा प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी उतीर्ण - MirrorNepal.com

एसइईको नतिजा प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी उतीर्ण


काठमाडौँ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बेलुका एसइईको नतिजा प्रकाशित गरेको हो।

२०८१ सालको चैतमा सञ्चालन भएको एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड (उतीर्ण) भएको बोर्डले जनाएको छ। गत वर्षको एसइईमा करिब ४८ प्रतिशत विद्यार्थी मात्रै ग्रेडेड भएका थिए।

यसवर्षको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए।

बोर्डका अनुसार ३.६० देखि ४.०० जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ छ।

यस्तै, ३.२० देखि ३.६० जीपीएसम्म ल्याउने ८१ हजार ३८५ जना, २.८० देखि ३.२० जीपीएसम्म ८९ हजार १२४ जना, २.४० देखि २.८० जीपीएसम्म ४८ हजार ४७९ जना, २.०० देखि २.४० सम्म ल्याउने ४ हजार १२६ जना र १.६० देखि २.०० जीपीएसम्म ८ जना रहेको बोर्डले जनाएको छ।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

तपाईको बिचार