काठमाडौं । संयुक्त राष्ट्रसंघीय आणविक निगरानी निकायका प्रमुख राफाएल ग्रोसीले इरानले फेरि युरेनियम प्रसोधनको कार्य केही महिनामै सुरु गर्न सक्ने बताएका छन्। उनले इरानसँग आणविक बम बनाउनका लागि आवश्यक युरेनियम प्रसोधन गर्न सक्ने क्षमता रहेको भन्दै उक्त कार्य ‘केही महिनाभित्रै’ सुरु गर्न सक्ने दावि गरे।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का प्रमुख ग्रोसीले गत साता अमेरिकी हवाई आक्रमणले इरानका तीन आणविक केन्द्रहरुमा गम्भीर क्षति पुर्याीएको भए पनि ती स्थलहरू ‘पूर्णरूपमा ध्वस्त’ भने नभएको दावि गरे। उनको यो भनाइ सार्वजानिक भएसँगै पुन: एक पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘इरानका आणविक संरचना पूर्णरूपमा नष्ट गरियो’ भन्ने दाविहरु खण्डीत भएका छन्।
ग्रोसीले भने, ‘सिधा भन्दा त्यहाँ सबै कुरा मेटिएको भन्ने दावि गर्न सकिन्न। अझै त्यहाँ केही बाँकी छन्।’ यसअघि, १३ जुनमा इजरायलले इरानका आणविक तथा सैन्य स्थलहरूमा आक्रमण गरेको थियो। त्यसअघि उनले इरान आणविक हतियार बनाउन निकै नजिक पुगेको बताएका थिए।
आइएइएका प्रमुख ग्रोसीलाइ इरानमा आणविक निगरानी गर्न नदिने र आइएइएसंग कुनै सम्बन्ध नराख्ने बारे इरानको संसदमा मतदान भै गार्जियन काउन्सिलबाट प्रमाणित हुन मात्र बाकि छ । इरानको सरकारी टेलिभिजनका अनुसार संसदका सभामुख मोहम्मद बागेर गालिबाफले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले इरानको आणविक केन्द्रमाथि भएको आक्रमणको निन्दा गर्न समेत अस्वीकार गरेको र आफ्नो अन्तर्राष्ट्रिय विश्वसनीयता लिलामीका लागि राखेको बताएको छ ।
तपाईको बिचार