अत्यधिक गर्मीको कारण फ्रान्समा आइफेल टावर बन्द - MirrorNepal.com

अत्यधिक गर्मीको कारण फ्रान्समा आइफेल टावर बन्द


काठमाडौं । अत्यधिक तापक्रमका कारण फ्रान्सको राजधानी पेरिसमा मंगलबार रेड अलर्ट जारी गरिएको छ। जसका कारण आइफेल टावर बन्द गरिएको बीबीसीले जनाएको छ। युरोपका धेरै भागमा लगातार तातो हावा चलिरहेको छ।

युरोपका अरु थुप्रै देशहरू गम्भीर गर्मीको चपेटामा परेका छन्। स्पेन सबैभन्दा तातो ठाउँ हो जहाँ धेरैजसो क्षेत्रहरूमा जुन २९ मा ४६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो, जुन आजसम्मको देशको सबैभन्दा तातो दिन थियो। यसअघि, स्पेनको सेभिलमा अन्तिम पटक जुन १९६५ मा ४५.२ डिग्री तापक्रम रेकर्ड गरिएको थियो।

फ्रान्सको शिक्षा मन्त्रालयले अत्यधिक गर्मीका कारण १ हजार ३५० सार्वजनिक विद्यालय पूर्ण वा आंशिक रूपमा बन्द गरिने घोषणा गरेको छ।फ्रान्सको मौसम एजेन्सी मेटियो फ्रान्सले १६ क्षेत्रमा रेड अलर्ट जारी गरेको छ।

आइतबार, पोर्चुगलको मोरामा अहिलेसम्मको वर्षको उच्चतम तापक्रम ४६.६ डिग्री रेकर्ड गरिएको थियो। साथै, इटाली र क्रोएसियामा गर्मीको लहरको लागि रेड अलर्ट जारी गरिएको छ।

स्पेनको मौसम एजेन्सी र्एएमईटीका अनुसार शनिबार एल ग्रानाडो शहरको तापक्रम ४६ डिग्री रेकर्ड गरिएको छ। स्पेनसँगै फ्रान्स, अस्ट्रिया, बेल्जियम, बोस्निया, हर्जेगोभिना, हंगेरी, सर्बिया, स्लोभेनिया र स्विजरल्याण्डमा पनि गर्मीको लहर जारी रहने अनुमान गरिएको छ।

तपाईको बिचार