नेप्सेमा हरियाली, नौ अरब बढीको कारोबार - MirrorNepal.com

नेप्सेमा हरियाली, नौ अरब बढीको कारोबार


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४२ अंकले बढेको छ । आज कारोवारको चौथो दिन पनि १.२९ प्रतिशतको वृद्धिपछि नेप्से २६९४.८२ को बिन्दुमा कायम भएको हो । गएको आइतबारदेखि बढ्न सुरु गरेको शेयर बजारले चार दिनमा झण्डै १०० अंकले बढेको छ ।

आज ३१७ कम्पनीको ३,० १, ८२, ३४१ कित्ता शेयर ८९, ४६८ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी जीवन बिमा समूह २.८३, निर्जीवन बिमा २.५१ र विकास बैंक समूह २.३१ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ १.३६, वित्त १.९९, होटल तथा पर्यटन ०.७१ र जलविद्युत् ०.४७ प्रतिशतले बढेको छ ।

लगानी १ .०१ , उत्पादन तथा प्रशोधन ०.६९, लघुवित्त ०.५६, म्युचुअल फण्ड ०.०६ , व्यापार १.७६ र अन्य समूह ०.९१ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य सबैभन्दा बढी नौ दशमलव ९९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ । आज ‘नौ प्रतिशत आइसिएफसी फाइनान्स लिमिटेड डिबेन्चर–२०८८’ को शेयर मूल्य सबैभन्दा बढी तीन दशमलव ३१ प्रतिशतले घटेको छ ।

तपाईको बिचार