नेप्से साढे २ महिनापछि २७ सय विन्दुमाथि उक्लियो - MirrorNepal.com

नेप्से साढे २ महिनापछि २७ सय विन्दुमाथि उक्लियो


काठमाडौं । लामो समदेखि २६ सय अंकको वरिपरि घुमिरहेको शेयर बजार पछिल्लो ५ कारोबार दिन लगातार बढेर २७ सय अंक नाघेको छ । पछिल्लो ५ कारोबार दिनमा नेप्से सूचक १०८ अंकले बढेको हो ।

सूचकसँगै कारोबार रकममा समेत बढोत्तरी आएपछि बजार वृद्धिले निरन्तरता पाउने आँकलन लगानीकर्ताले गरेका छन् । विहीबार नेप्से ९.१४ अंकले बढेर २७०३.९६ विन्दुमा पुगेको छ । बुधबार नेप्से परिसूचक ३४.४२ अंकले बढेको थियो । मंगलबार २८.९१, सोमबार ९.१९ तथा गत आइतबार नेप्से २६.५३ अंकले बढेको थियो ।

यो साताको चार कारोबार दिनमा नेप्से झन्डै सय अंकले उकालो लागेको छ । नेप्से परिसूचक साढे २ महिनापछि २७ सय विन्दुमाथि पुगेको हो । यस अघि गत बैशाख ७ गते नेप्से २७ सय विन्दुमाथि रहेको थियो।

तपाईको बिचार