काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको एकल कर्जा सीमालाई बढाएको छ। राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जा सीमा बढाएको हो।
हाल व्यक्तिगततर्फ १५ करोडसम्मको सीमा कायम रहेकोमा गभर्नर डा. विश्वनाथ पौडेलले बढाएर २५ करोड रुपैयाँ पुर्याएका हुन् । अब एक व्यक्तिले पनि २५ करोडसम्मको सेयर धितो कर्जा लिन सक्नेछ । राष्ट्र बैंकका गभर्नर डा. पौडेलले आर्थिक वर्ष २०८२/०८३ को लागि विस्तृत मुद्रा प्रदायकको वृद्धिदर १३ प्रतिशत र निजीतर्फ जाने कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको बताएका छन्।
उनले वर्ष २०८२/८३ को लागि मौद्रिक नीतिमा विस्तृत मुद्रा प्रदायकको वृद्धिदर १३ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको बताएका हुन्।
उनले भने, ‘आर्थिक वर्ष २०८२/०८३ को लागि विस्तृत मुद्रा प्रदायकको वृद्धिदर १३ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ। नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरलाई मौद्रिक नीतिको अंकुशको रुपमा लिइदै आएकोमा यसलाई अन्तरिम लक्ष्यको रुपमा यथावत राखिएको छ।’
उनले बैंक तथा वित्तिय संस्थाको भारित औसत अन्तर बैंक दरलाई मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा अथावत राख्दै स्वचालित र नियममा आधारित खुला बजार कारोबार सञ्चालनलाई निरन्तरता दिइने पनि बताए ।
तपाईको बिचार