दोहोरो स्वर्ण पदक विजेता लौराको पाकिस्तानमा मृत्यु - MirrorNepal.com

दोहोरो स्वर्ण पदक विजेता लौराको पाकिस्तानमा मृत्यु


  • Mirror Nepal १६ साउन २०८२, शुक्रवार १५:४२:०८

काठमाडौँ । जर्मनीमा भएको ओलम्पिकमा दोहोरो स्वर्ण पदक विजेता लौरा डाहलमेयरको ३१ वर्षको उमेरमा निधन भएको छ ।

उनको पाकिस्तानस्थित काराकोरम पर्वत शृङ्खलामा रहेको लैला चुचुरो चढ्ने क्रममा मृत्यु भएको उनको व्यवस्थापन र जर्मन ओलम्पिक स्पोर्ट्स कन्फेडेरेसनले बताएको छ ।

डाहलमेयरकी आरोहण साथी मारिना इभाले संकटको संकेत पठाएपछि सोमबार उद्धार कार्य सुरु भएको थियो । तर खराब मौसमका कारण उद्धार कार्य समयमा हुन नसकेको बताइएको छ ।

३१ वर्षीया डाहलमेयरले २०१८ को शीतकालीन ओलम्पिकमा इतिहास रचेकी थिइन् । उनी एउटै शीतकालीन खेलहरूमा स्प्रिन्ट र पर्स्युट दुवै स्पर्धामा स्वर्ण जित्ने पहिलो महिला बायाथलीट बनेकी थिइन् ।

उनले २५ वर्षको उमेरमा २०१९ मा खेलबाट सन्यास लिएकी थिइन् ।

तपाईको बिचार

सम्बन्धित खबर

साउदी अरबको ठुलो तेल रिफाइनरीमा इरानको हमला
साउदी अरबको ठुलो तेल रिफाइनरीमा इरानको हमला
Mirror Nepal
१७ फागुन २०८२, सोमबार १७:३९:०५

काठमाडौं । इजराइल–अमेरिका र इरानबिचको युद्ध तेस्रो दिनमा प्रवेश गर्दा मध्यपूर्वमा तनाव थप बढेको छ।  इरानले साउदी अरबको महत्त्वपूर्ण तेल रिफाइनरी 'रास तनुरा' मा आक्रमण गरेको छ, जसका कारण रिफाइनरी बन्द भएको छ । रोयटर्सका अनुसार साउदीको सरकारी तेल कम्पनी साउदी अरामकोको यो रिफाइनरीमा हमलापछि बन्द गरिएको छ । यसको क्षमता दैनिक करिब ५.५ देखि ६ लाख ब्यारेल कच्चा तेल उत्पादन छ। विश्वकै ठुला अपतटीय तेल लोड गर्ने टर्मिनलमध्ये एक यसबाट अमेरिका, एसिया र युरोपसहित विभिन्न देशहरूमा भारी मात्रामा तेल ट्याङ्करमार्फत कच्चा तेल निर्यात गरिन्छ । यसैबिच, इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीले सोमवार अमेरिका अमेरिकासँग कुनै वार्ता नगर्ने बताएका छन् । उनले इरानले अमेरिकासँग पुनः वार्ता सुरु गर्ने प्रयास गरेको भन्ने खबरको खण्डन गरेका हुन् । इरानले आज इजराइलबाहेक कतार, बहराइन र संयुक्त अरब इमिरेट्समा पनि हमलाहरू पुनः सुरु गरेको छ । अर्कोतर्फ, यस युद्धमा लेबनानको उग्रवादी सङ्गठन हिजबुल्लाह पनि सहभागी भएको छ । इरानको समर्थनप्राप्त हिजबुल्लाहले इजराइलका धेरै ठाउँमा बमबारी गरेको छ । उसले इरानी सर्वोच्च नेता आयातुल्लाह...