आगामी भदौ ३ गतेबाट भृकुटीमण्डपमा १७औँ नाडा अटो शो हुने - MirrorNepal.com

आगामी भदौ ३ गतेबाट भृकुटीमण्डपमा १७औँ नाडा अटो शो हुने


  • Mirror Nepal २६ साउन २०८२, सोमबार १६:०३:३९

काठमाडौँ । आगामी भदौ ३ गतेबाट हुने नाडा अटो शोको उद्घाटन प्रधानमन्त्रीकै हातबाट गराउने तयारीमा आयोजकहरू जुटेका छन् ।नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी नाडा अटो शो उद्घाटनको निम्तो दिएको हो ।

नाडाले यही आउँदो भाद्र ३ गते देखि ८ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा १७औँ नाडा अटो शो २०२५ आयोजना गर्दैछ । सो को उद्घाटन प्रधानमन्त्रीले गर्ने नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले बताए ।

प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष चौधरीले नाडा स्थापनाको ५० औँ वार्षिक उत्सव मनाउने क्रममा रहेको र नाडाले १७ औँ संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको जानकारी गराए । पहिलो पटक नेपालमा प्रदर्शन हुँदै गरेको युनिट्र रोबोट्स् र डिपल इभटोल युएभी जस्ता आकर्षक र भविष्य उन्मुख प्रविधिहरू प्रदर्शनीको केन्द्र विन्दु हुने जानकारी दिए ।

नाडा अटो शोमा १२५ भन्दा बढी प्रदर्शक तथा ३० भन्दा बढी ब्रान्डको सहभागिता रहनेछ ।

तपाईको बिचार

सम्बन्धित खबर