कुवेतमा विशाक्त मदिरा सेवन गर्दा ९ नेपालीको मृत्यु - MirrorNepal.com

कुवेतमा विशाक्त मदिरा सेवन गर्दा ९ नेपालीको मृत्यु


काठमाडौं । कुवेतमा विशाक्त मदिरा सेवन गर्दा २३ जनाको मृत्यु भएको छ । २३ मध्ये ९ जना नेपाली रहेको श्रम सहचारी गिरीप्रसाद आचार्यले जानकारी दिए।

विशाक्त मदिरा सेवन गरेर अशक्त बनेका नेपालीको स्थानीय ६ वटा अस्पतालमा उपचार भइरहेको छ । कुवेतस्थित नेपाली दूतावास स्रोतका अनुसार कुवतेका परराष्ट्र र स्वास्थ्य मन्त्रालयले यसबारे नेपाली दूतावासलाई जानकारी दिइसकेको छ ।

गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष विकाससिंह ठकुरी र सचिव सुरेन्द्र लिम्बूले अपिलपत्र जारी गर्दै नेपालीसहित एसियाली मुलुकका १६० जना मदिरा सेवनकै कारण बिरामी भएर उपचाररत रहेको जानकारी दिएका छन्।

उनीहरूले कुवेतको सरकारी सञ्चारमाध्यमलाई उदृत गर्दै अपिल पत्रमा भनेका छन्, ‘कुवेत सरकारको ताजा जानकारीअनुसार मिथानोल मिसिएको विषाक्त मदिरा सेवनका कारण हालसम्म २३ जनाको मृत्यु भइसकेको छ र १६० जना अस्पतालमा उपचाररत छन्।’

परिषद्‌ले यसघटनामा दु:ख व्यक्त गर्दै कुवेतमा मदिरा सेवन, बिक्री र वितरण पूर्णतया निषेध गरिएको उल्लेख गरेको छ।
“हामी निरन्तर कुवेतको परराष्ट्र र स्वास्थ्य मन्त्रालयको सम्पर्कमा छौँ । केही नेपालीको मृत्यु भएको र अशक्तको उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।

कुवेतमा मदिरा सेवन गर्न प्रतिबन्ध छ । तर, नेपालीले लुकिछिपी मदिरा सेवन गरेको घटना बेलाबखत बाहिर आउने गरेका छन् ।

तपाईको बिचार