देशभर भएको जेन-जीको प्रदर्शनमा १९ को मृत्यु, घाइतेको संख्या ३०० बढी - MirrorNepal.com

देशभर भएको जेन-जीको प्रदर्शनमा १९ को मृत्यु, घाइतेको संख्या ३०० बढी


  • Mirror Nepal २२ भाद्र २०८२, सोमबार २१:२९:३६

काठमाडौं । आज ‘जेन-जी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म काठमाडौँ र इटहरीमा १९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म देशभर ३४७ जना घाइते भएको जनाएको छ।

उपचारका क्रममा ट्रमा सेन्टरमा ८ जना, सिभिल अस्पतालमा ३ जना, एभरेष्ट अस्पतालमा ३ जना, केएमसी असपतालमा २ जना र महाराजगञ्ज शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको हो। वीर अस्पतालमा छ जनाको उपचार भइरहेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जना उपचाररत छन् भने उपचारका क्रममा आठ जनाको मृत्यु भएको छ।

यसैगरी बानेश्वरस्थित एभरेष्ट अस्पतालमा एक सय दुई जना घाइतेको उपचार भइरहेको र तीन जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ। आठ जनालाई अन्यत्र रेफर गरिएको छ। उता पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जनाको उपचार भइरहेको छ। काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा ३७ जनाको उपचार भइरहेको छभने उपचाररत दुई जनाको मृत्यु भएको छ। घाइतेमध्ये छ जनाको शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको मन्त्रालयले उल्लेख गरेको छ।

यसैगरी, नर्भिक अस्पतालमा तीन जनाको उपचार भइरहेको छ। मन्त्रालयले त्रिवि शिक्षण अस्पतालमा १८ जनाको उपचार भइरहेको र एक जनाको मृत्यु भइसकेको जनाएको छ। काठमाडौं उपत्यबाहिर गण्डकी मेडिकल कलेजमा एक जना, ३ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना, विराट मेडिकल कलेजमा चार जना, दमक अस्पतालमा सात जनाको उपचार भइरहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

यसैगरी, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु भएको छ।

तपाईको बिचार

सम्बन्धित खबर