माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवासमा तोडफोड - MirrorNepal.com

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवासमा तोडफोड


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा तोडफोड भएको छ ।  मंगलबार बिहान खुमलटारमा जम्मा भएका प्रदर्शनकारीहरूले प्रचण्ड निवास पुगेर त्यहाँ  तोडफोड गरेको ललितपुर प्रहरीले जनाएको छ ।

सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनीको प्रयास गरेका हुन् । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले बताएको छ ।

खुमलटारमा बिहानैदेखि युवाहरूको भिड थियो। त्यहाँ प्रहरी बिट तोडफोड र आगजनी समेत गरेका थिए ।

यसै गरि ललितपुरकै सुनाकोठीमा रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङको घर पनि तोडफोड भएको छ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ ।

ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका प्रदर्शनकारीहरूले ढुंगामुढा र आगजनी गरेका हुन् ।

तपाईको बिचार