दक्षिण चीन सागरमा फिलिपिन्सको जहाजमाथि चीनले हान्यो पानीको फोहोरा - MirrorNepal.com

दक्षिण चीन सागरमा फिलिपिन्सको जहाजमाथि चीनले हान्यो पानीको फोहोरा


  • Mirror Nepal ३० भाद्र २०८२, मङ्गलबार १४:५८:५०

काठमाडौं । दक्षिण चीन सागरमा चीनको तटरक्षक बल (कोस्ट गार्ड)ले मंगलबार विवादित स्कारबोरो सोअल (टापु)नजिकै फिलिपिन्सका जहाजमाथि पानीको फोहोरा प्रहार गरेको छ । चीनले फिलिपिन्सलाई ‘अवैध’ अतिक्रमण गरेको र आफ्नो एक जहाजलाई ठोक्काएको आरोप लगाएको छ ।

यो घटना चीनले सो सोअललाई राष्ट्रिय प्रकृति आरक्ष घोषणा गर्ने योजना अनुमोदन गरेको एक हप्तापछि भएको हो । रक्षा विश्लेषकको भनाइमा, चीनको यो कदमले करिब १५० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको चट्टान तथा टापुहरूको शृंखलासम्बन्धी विवादमा मनिलाको प्रतिक्रियाको परीक्षा लिने जनाइएको छ ।

सो सोअललाई लिएर पछिल्ला वर्षमा बढ्दो तनावका कारण कूटनीतिक विवाद उत्पन्न भए पनि कुनै घटना हालसम्म सशस्त्र द्वन्द्वमा परिणत भएको छैन ।

दुवै पक्षले एकार्कामाथि उत्तेजना फैलाएको र अतिक्रमण गरेको आरोप लगाउँदै आएको छ । चीनको तटरक्षक बलले पानीको फोहोरा प्रयोग गर्ने, जहाज ठोक्काउने तथा फिलिपिन्सले ‘खतरनाक रूपमा नजिक’ भनेका चालबाजी गर्ने गरेको छ । साथै, चिनियाँ जेटले फिलिपिन्सका विमानलाई पछ्याउने गरेका छन् ।

चिनियाँ तटरक्षक बलका प्रवक्ता गान युका अनुसार, मंगलबारको घटनामा १० भन्दा बढी फिलिपिन्सका जहाज संलग्न थिए । अलग–अलग दिशाबाट ती स्कारबोरो सोअलको चिनियाँ क्षेत्रीय जलक्षेत्रमा अवैध रूपमा प्रवेश गरेका थिए ।

उनले विशेष गरी फिलिपिन्सको तटरक्षक जहाज ३०१४ विरुद्ध गम्भीर आरोप लगाउँदै विज्ञप्तिमा भने, “उक्त जहाजले चिनियाँ पक्षको गम्भीर चेतावनीलाई बेवास्ता गर्दै जानीबुझी चिनियाँ तटरक्षक जहाजलाई ठक्कर दिएको थियो ।”

गान युले अगाडि भने, “चीनको तटरक्षक बलले फिलिपिन्सका जहाजहरूविरुद्ध कानुनसम्मत नियन्त्रणका उपायहरू अपनाएको हो ।”

यी उपायमा मौखिक चेतावनी, मार्ग प्रतिबन्ध र पानीको फोहोरा प्रयोगजस्ता कदम रहेको उनले बताए ।

यता, फिलिपिन्सको सामुद्रिक परिषद्का प्रवक्ताले भने चिनियाँ तटरक्षक बलको दाबीमा कुनै ‘सत्यता नभएको’ बताएका छन् । उनले यसलाई चिनियाँ दुष्प्रचारको अर्को घटना भन्दै खारेज गरेका छन् ।

विश्लेषकले बेइजिङको सो सोअललाई प्रकृति आरक्षका रूपमा वर्गीकरण गर्ने योजना वास्तवमा विवादित टापुमाथि नैतिक रूपमा उच्च स्थान लिन खोज्ने प्रयास भएको बताएका छन् । चीनमा यसलाई हुआङयान टापु र फिलिपिन्समा पानाटाग सोअल भनिन्छ ।

यो विवाद दक्षिण चीन सागरमा सार्वभौमसत्ता र माछा मार्ने अधिकारसँग जोडिएको छ । त्यहाँबाट वार्षिक करिब ३० खर्ब अमेरिकी डलरबराबरको सामुद्रिक व्यापार हुने गर्छ । -रोयटर्स

तपाईको बिचार

सम्बन्धित खबर

साउदी अरबको ठुलो तेल रिफाइनरीमा इरानको हमला
साउदी अरबको ठुलो तेल रिफाइनरीमा इरानको हमला
Mirror Nepal
१७ फागुन २०८२, सोमबार १७:३९:०५

काठमाडौं । इजराइल–अमेरिका र इरानबिचको युद्ध तेस्रो दिनमा प्रवेश गर्दा मध्यपूर्वमा तनाव थप बढेको छ।  इरानले साउदी अरबको महत्त्वपूर्ण तेल रिफाइनरी 'रास तनुरा' मा आक्रमण गरेको छ, जसका कारण रिफाइनरी बन्द भएको छ । रोयटर्सका अनुसार साउदीको सरकारी तेल कम्पनी साउदी अरामकोको यो रिफाइनरीमा हमलापछि बन्द गरिएको छ । यसको क्षमता दैनिक करिब ५.५ देखि ६ लाख ब्यारेल कच्चा तेल उत्पादन छ। विश्वकै ठुला अपतटीय तेल लोड गर्ने टर्मिनलमध्ये एक यसबाट अमेरिका, एसिया र युरोपसहित विभिन्न देशहरूमा भारी मात्रामा तेल ट्याङ्करमार्फत कच्चा तेल निर्यात गरिन्छ । यसैबिच, इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीले सोमवार अमेरिका अमेरिकासँग कुनै वार्ता नगर्ने बताएका छन् । उनले इरानले अमेरिकासँग पुनः वार्ता सुरु गर्ने प्रयास गरेको भन्ने खबरको खण्डन गरेका हुन् । इरानले आज इजराइलबाहेक कतार, बहराइन र संयुक्त अरब इमिरेट्समा पनि हमलाहरू पुनः सुरु गरेको छ । अर्कोतर्फ, यस युद्धमा लेबनानको उग्रवादी सङ्गठन हिजबुल्लाह पनि सहभागी भएको छ । इरानको समर्थनप्राप्त हिजबुल्लाहले इजराइलका धेरै ठाउँमा बमबारी गरेको छ । उसले इरानी सर्वोच्च नेता आयातुल्लाह...