एनआइसी एसिया बैंकका सीईओ न्यौपानेद्वारा राजीनामा - MirrorNepal.com

एनआइसी एसिया बैंकका सीईओ न्यौपानेद्वारा राजीनामा


काठमाडौं । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले राजीनामा दिएका छन्। उनले आज राजीनामा दिएका हुन् ।

स्वास्थ्यमा समस्या भएको भन्दै उनले राजीनामा दिएका बताइउको छ । न्यौपानेको राजीनामा सँगै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सन्तोस राठीलाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको छ ।

बैंकका सिइओ रोशन कुमार न्यौपानेले पहिले नै राजीनामा दिने तयारी गरेका थिए ।

‘बैंक पनि साथी पनि,राम्रो पनि, हाम्रो पनि नारा तय गरेको यस बैंकले आफ्नै ग्राहकलाई बिना धितो कर्जा देखि अनेकौं आर्थिक हिनामिना गरेर सिइओ न्यौपानेले राजीनामाको तयारी गरे पनि उनलाई बैंकको बोर्डले नै निकाल्ने तयारी गरेको हाे ।

बैंक स्रोतका अनुसार उनले आर्थिक अनियमितता गरेको पाइएपछि सञ्चालक समितिले नै निकाल्ने तयारी गरेको बुझेर उनी आफैंले राजीनामा दिन थालेका हुन् ।

पछिल्लो समय यो बैंक आर्थिक संकटमा परेको विषय बारम्बार सार्वजनिक भएको थियो । आर्थिक रुपमा चरम संकटग्रस्त अवस्थामा पुगेपछि एनआइसी एसियाकाे आफ्ना व्यावसायिक कारोबारमा समेत समस्या उत्पन्न भएको बताइन्छ ।

यस बारेमा सिइओ न्यौपानेसँग जिज्ञासा राख्दा उनले कुनै प्रतिक्रिया दिएनन् ।

 

तपाईको बिचार