नेकपाको जम्बो केन्द्रीय समिति सदस्यले लिए शपथ - MirrorNepal.com

नेकपाको जम्बो केन्द्रीय समिति सदस्यले लिए शपथ


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २४९९ जना केन्द्रीय कमिटी सदस्यलाई शपथग्रहण गराएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित शपथग्रहण कार्यक्रममा पार्टीको संयोजक रहेका प्रचण्डले उक्त संख्यामा रहेका केन्द्रीय कमिटी सदस्यलाई शपथग्रहण गराएका हुन् ।

पेरिसडाँडामा उपस्थित हुन सक्नेका लागि भौतिक रूपमै शपथग्रहणको व्यवस्था गरिएको थियो । उपस्थित हुन नसकेकालाई नेकपाले भर्चुअल रूपमा शपथग्रहण गराएको छ ।

पार्टीका मुख्यसचिव गणेशमान पुनले भने, “हामी इमेलमार्फत फर्म पठाउनेछौँ । यहाँ उपस्थित हुन नसकेकालाई हामीले सहज बनाइ दिएका छौँ ।”

यसअघि नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रचण्ड र नेपालले पार्टीका ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईँबाट शपथ ग्रहण गरेका हुन् ।

तपाईको बिचार