आज नेप्से र कारोबार रकम दुवैमा गिरावट - MirrorNepal.com

आज नेप्से र कारोबार रकम दुवैमा गिरावट


काठमाडौँ । गत हप्ता लगातार जस्तो बढेको नेप्से सूचकमा आज दोहोरो अंकको गिरावट आएको छ। नेप्से ४२.५८ अंकले घटेर २७२६.५१ विन्दुमा झरेको हो। यद्यपि बजारमा लगानीकर्ताले १४ अर्ब बढीको कारोबार गरेका छन्। कारोबार रकम पनि घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार ३ करोड कित्ता खरिदबिक्रीपछि १४ अर्ब १६ करोडको कारोबार भएको हो। मंगलबार दुईवटा सेयरको मूल्य स्थिर हुँदा २२४ वटाको घटेको र ३४ वटाको बढेको नेप्सेले जनाएको छ। आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर ८.५६ अंकले बढेको छ। जुन कारोबार भएका सेयरमध्ये सबैभन्दा धेरै वृद्धिदर हो। यसका लगानीकर्ताले मंगलबार प्रतिकित्ता ७८.१० रुपैयाँ आम्दानी गरेका हुन्।

यसबाहेक दरमखोला हाइड्रो इनर्जीको ८.४१ प्रतिशत, मायाखोला हाइड्रोपावर ८.३६ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंक ६.५७ र सपोर्ट माइक्रोफाइनान्स ४.७९ प्रतिशतले बढेको छ।

तर ओम मेगाश्री फम्र्यास्युटिकल, ट्रेड टावर, झापा इनर्जी, थ्रिस्टार हाइड्रो र माउन्टेन हाइड्रो नेपालको क्रमशः ६.९३ प्रतिशत, ६.६६ प्रतिशत, ६.२५ प्रतिशत, ५.९४ प्रतिशत र ५.३७ प्रतिशतले मूल्य घटेको छ।

कारोबारमा भने आज राधी विद्युत् र एसवाई प्यानलको ५७–५७ करोडको कारोबार हुँदा आखुखोला जलविद्युत्को ५१ करोड, ङादी ग्रुप पावरको ३९ करोड र बन्दीपुर केबलकारको ३७ करोडको कारोबार भएको नेप्सेले जनाएको छ।

यस दिन सबै उपसूचक घटेका छन्।

तपाईको बिचार