अमेरिका बिना युरोपको सुरक्षा सम्भव छैन : नेटो प्रमुख - MirrorNepal.com

अमेरिका बिना युरोपको सुरक्षा सम्भव छैन : नेटो प्रमुख


काठमाडौं । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का प्रमुख मार्ट रुटले अमेरिकाको सहयोगबिना युरोपको सुरक्षा असम्भव भएको बताएका छन् । नेटोका महासचिव रुटले अमेरिकाबिना युरोपको एकल सैन्यदस्ता बनाएर सुरक्षा गर्न सकिने कुरा गर्नेहरू दिवा सपनामा भएको उल्लेख गरेका छन् ।

सोमबार युरोपेली सदनमा सम्बोधन गर्दै रुटको यस्तो भनाइ योबेलामा आएको छ, जुनबेलामा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटोको देखिने तनाव सुरु भएको छ । ग्रिनल्यान्ड कब्जा गर्ने र अफगानिस्तान युद्धमा नेटोका सैनिकले अग्र मोर्चा नसम्हालेको भन्दै ट्रम्पले नेटोलाई होच्याएका थिए ।

नेटो महासचिव रुटले फ्रान्स र जर्मनीलगायतका युरोपका विशाल अर्थतन्त्रले युरोपले आफैँ सुरक्षादस्ता बनाउन सक्ने चर्चा गर्दा नेटो प्रमुख रुटको यो कुरा सार्वजनिक भएको हो । रुट नेटोको खर्चमा हरेक देशले कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत खर्च गर्नुपर्ने बताउँछन् ।

तपाईको बिचार