सुन र चाँदीको मूल्यमा भारि गिरावट, दुई दिनमा ३८ हजार घट्यो - MirrorNepal.com

सुन र चाँदीको मूल्यमा भारि गिरावट, दुई दिनमा ३८ हजार घट्यो


काठमाडौँ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट हुँदा त्यसको असर नेपाली बजारमा प्रत्यक्ष रुपमा आज आइतबार देखिएको छ। शुक्रवारको यो अन्तर्राष्ट्रिय गिरावट र डलरको विनिमय दरलाई आधार मान्दा आइतबारका लागि सुनको मूल्यमा प्रतितोला ३५ हजार रुपैयाँभन्दा बढीको गिरावट हुन सक्ने प्रक्षेपण गरिएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख र त्यति नै परिमाणको चाँदीको मोल रु पाँच हजार ५०० कायम भएको छ । शुक्रवार प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ रहेको सुन आइतबार प्रतितोला ३ लाख रुपैयाँ कायम भएको छ।

त्यस्तै, ७ हजार ५ सय ५ रुपैयाँ पुगेको चाँदीको मूल्य पनि करिब २ हजार रुपैयाँले घटेर प्रतितोला ५ हजार ५ सय ५ रुपैयाँ तय भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार बिहान तय गरेको आधिकारिक दररेट नेपाली सुन बजारको मूल्यमा आएको गिरावटपछिको हो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८६५ र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

तपाईको बिचार