इस्लामावादको मस्जिदमा विस्फोट हुँदा ३१ जनाको मृत्यु - MirrorNepal.com

इस्लामावादको मस्जिदमा विस्फोट हुँदा ३१ जनाको मृत्यु


काठमाडौँ । पाकिस्तानको राजधानी इस्लामावादस्थित एक शिया मस्जिदमा शुक्रबार आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । १६९ भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ। उक्त शिया मस्जिदमा इस्लामिक स्टेट समूह (आईएस)ले विष्फोटको दावी गरेको छ।

शुक्रबारको प्रार्थनापछि गेटमै आक्रमणकारीले विस्फोट गराएको सुरक्षा स्रोतले जनाएको छ। घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन। प्रधानमन्त्री शहबाज सरिफले घटनाको निन्दा गर्दै दोषीलाई कारबाही गर्ने बताएका छन्।

अधिकारीहरूले घटनाको पुष्टि गर्दै धेरै घाइतेहरूको गम्भीर अवस्थामा उपचार भइरहेकाले  मृतकको संख्या अझै बढ्ने अनुमान गरेका छन् । देशभरका मस्जिदहरू उपासकहरूले भरिएर प्रार्थना गरिरहेको समयमा विस्फोट भएको एक सुरक्षा स्रोतदाई उदृत गर्दै एएफपीले जनाएको छ ।

जिहादी सञ्चारको निगरानी गर्ने साइट इन्टेलिजेन्स ग्रुपका अनुसार आइएसले आतङ्ककारीले मण्डलीलाई लक्षित गरी गरेको विस्फोटमा ठूलो मानविय क्षति भएको  बताएको छ । प्रधानमन्त्री शाहबाज सरिफले विस्फोटमा संलग्नहरूको अनुसन्धान गरी न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस अघि सन् २००८ सेप्टेम्बर पछि पाँच तारे म्यारिअट होटलको केही भाग ध्वस्त पारिएको आत्मघाती ट्रक बम विस्फोटमा ६० जनाको मृत्यु भएको थियो ।

चिकित्सक र दर्शकहरूले पीडितहरूलाई एम्बुलेन्स र सवारी साधनबाट रगतले भिजेका लुगाहरू निकाल्न मद्दत गरेको तथा घाइतेका साथीहरू र आफन्तहरूलाई भेट्न कुदिरहेको भिडियो सार्वजनिक भएको छ ।

एएफपीले अर्को टोलीले मस्जिद बाहिर सशस्त्र सुरक्षा बलहरूले रगतमा डुबेका मानिसहरूको उद्धार गर्दै  गरेको  देखाएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोले मस्जिदको अगाडिको गेट नजिकै धेरै शवहरू देखाएको छ भने मानिस र भग्नावशेष पनि रातो गलैँचा भएको प्रार्थना हलमा छरिएका थिए ।

उप–प्रधानमन्त्री इशाक दारले उक्त आक्रमणलाई “मानवता विरुद्धको जघन्य अपराध र इस्लामिक सिद्धान्तको खुल्लमखुल्ला उल्लङ्घन भनेका छन्। पाकिस्तान सबै प्रकारका आतङ्कवादविरुद्ध एकजुट भएर उभिएको उनले सामाजिक सञ्जाल एक्सको एक पोस्टमा मार्फत जनाएका छन् ।

उनका प्रवक्ताका अनुसार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नागरिक र पूजास्थलहरू विरुद्धको आक्रमण अस्वीकार्य भएको बताएका छन् ।

बढ्दो विद्रोहको विच पाकिस्तानको सुरक्षा बलले अफगानिस्तानको सिमानामा रहेका दक्षिणी र उत्तरी प्रान्तहरूमा विद्रोहलाई तीव्र बनाउँदै गर्दा यो आक्रमण भएको हो ।

सुन्नी बहुल राष्ट्र पाकिस्तानमा सियाहरू जनसङ्ख्याको १० देखि १५ प्रतिशतको बीचमा छन्  भने उनीहरूको बसोबास क्षेत्र लक्षित आक्रमणहरू पटक-पटक हुने गरेका छन् ।

इस्लामाबादले दक्षिणी बलुचिस्तानका पृथकतावादी सशस्त्र समूहहरू र पाकिस्तानी तालिबान र इस्लामाबाद नजिकैको उत्तरी खैबर पख्तुनख्वा प्रान्तका अन्य इस्लामवादी उग्रवादीहरूले आक्रमण गर्न अफगान क्षेत्रलाई सुरक्षित आश्रयको रूपमा प्रयोग गरेको बताएको छ ।

अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानको आरोपलाई बारम्बार अस्वीकार गरेको छ । सीमामा दुवै पक्षका सेनाहरू नियमित रूपमा भिडन्त हुँदै जाँदा द्विपक्षीय सम्बन्ध खस्केको जनाइएको छ ।

यस अघि नोभेम्बरमा इस्लामाबादको अदालत बाहिर भएको आत्मघाती विस्फोटमा १२ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।

बलुचिस्तानमा गत हप्ता पृथकतावादी विद्रोहीहरूले दावी गरेको आक्रमणमा ३६ जना सर्वसाधारण र २२ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो भने प्रति–कारबाहीमा सुरक्षा बलले लगभग २०० जना आतंककारीहरूलाई मारेको बताएका थिए । एएफपी

तपाईको बिचार