काठमाडौँ । जापानको मौसम विज्ञान एजेन्सीले आईतवारको आम निर्वाचन अघि देशका उत्तरी र पश्चिमी क्षेत्रहरूमा भारी हिमपात हुने पूर्वानुमान गरेको छ।
जापानको मौसम विज्ञान एजेन्सीले शुक्रवार जनाएअनुसार समुन्द्री किनारका उत्तरी र पश्चिमी क्षेत्रहरूमा सप्ताहन्तभरि भारी हिमपात हुने सम्भावना छ। यो मौसमको अवस्था देशमा आइतवार हुन लागेको आम निर्वाचनको समयसँगै परेको छ।
एजेन्सीका अनुसार आइतवार बिहान ६ बजेसम्म होकुरिकु क्षेत्रमा ७० सेन्टीमिटर, होक्काइडो, तोहोकु र चुगोकुमा ५० सेन्टीमिटर र किन्की क्षेत्रमा ४० सेन्टीमिटर सम्म हिउँ पर्न सक्नेछ।
एजेन्सीका अनुसार हिउँदे चिसोको चापको निरन्तरता कारण मुख्यतया उत्तरी र पश्चिमी जापानको समुद्रमा भारी हिमपात भएको छ। सार्वजनिक प्रसारक एनएचकेले जनाएअनुसार आओमोरी प्रान्तका केही भागमा हिउँ ४.३ मिटरभन्दा बढी जमेको छ भने निगाताका केही क्षेत्रमा करिब तीन मिटर हिउँ जमेको छ ।
क्योदो न्यूजका अनुसार खराब मौसमले १४ आवासीय भवनहरूमा पनि क्षति पुर्याएको छ। जापानका अधिकांश क्षेत्रमा तापक्रम बढेसँगै अधिकारीहरूले बासिन्दाहरूलाई हिमपहिरो, छतबाट खस्ने हिउँ र यातायात अवरोधबाट सतर्क रहन चेतावनी दिइरहेका छन्।
अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीका अनुसार जनवरी २० देखि हालसम्म हिउँका कारण देशैभर ४२ जनाको मृत्यु भएको छ भने ४८६ जना घाइते भएका छन्। एजेन्सी
तपाईको बिचार