सुनको मूल्यमा भारी गिरावट, साढे १२ हजारले घट्यो - MirrorNepal.com

सुनको मूल्यमा भारी गिरावट, साढे १२ हजारले घट्यो


काठमाडौं। नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । आइबार सुनको मूल्य प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तोलाको दुई लाख ८२ हजार रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा ३५५ रुपैयाँले घटेर चार हजार ५४० रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो ।

तपाईको बिचार