होर्मुज जलमार्ग पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी - MirrorNepal.com

होर्मुज जलमार्ग पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी


काठमाडौँ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा हमला भएमा होर्मुज स्ट्रेट पूर्णरूपमा बन्द गरिने बताएको छ।

इरानका विदेशमन्त्री अब्बास अरघचीले भनेका छन् कि हाल होर्मुज स्ट्रेट बन्द नरहेको भए पनि अमेरिका र इजरायलको व्यवहारका कारण समुद्री जहाजहरू अवागमनमा हिचकिचाइरहेका छन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २१ मार्चमा चेतावनी दिएका थिए कि यदि होर्मुज स्ट्रेट खुला नगरे, इरानका पावर प्लान्टहरू नष्ट गरिने छन्।

इरानी मिडियामा दिइएको बयानमा आईआरजीसीले भनेको छ, “इरानको ऊर्जा स्थलमा हमला भए नष्ट भएका पावर प्लान्टहरूको पुनर्निर्माण नहुँदासम्म होर्मुज स्ट्रेट बन्द गरिने छ।”

होर्मुज स्ट्रेट, जुन इरानसँग जोडिएको छ, फारसको खाडी, ओमानको खाडी र अरब सागरलाई जोड्ने एक मात्र समुद्री मार्ग हो। यस मार्गमा विश्वभरका पेट्रोलियम पदार्थको २० प्रतिशत ढुवानी हुन्छ।

अमेरिका र इजरायलको हमलापछि, इरानले यो मार्गमा लगभग नाकाबन्दी गरेको छ, जसका कारण आपूर्ति प्रभावित भएको र विश्व बजारमा तेलको मूल्यमा वृद्धि भएको छ।

२१ मार्चमा ट्रम्पले इरानलाई होर्मुज स्ट्रेट बन्द गरेको भन्दै ४८ घण्टामा उक्त मार्ग खोल्नका लागि दबाब दिएका थिए। उनले चेतावनी दिएका थिए कि यदि इरानले होर्मुज खोलेन भने अमेरिकी सेनाले इरानका पावर प्लान्टहरूमा हमला गर्नेछन्, र त्यो सबैभन्दा ठूलो प्लान्टबाट सुरु हुनेछ।

ट्रम्पको चेतावनीपछि इरानको आईआरजीसीले पनि जवाफी कारबाही गर्ने बताएको छ। आईआरजीसीले भनेको छ, “हामी इजरायलका पावर प्लान्ट्स, ऊर्जा स्थल र आईटीलाई निशाना बनाउने छौं। अमेरिकी हिस्सेदार भएका सबै कम्पनीहरूलाई पनि निशाना बनाइनेछ।”

इरानका विदेशमन्त्री अब्बास अरघचीले भने– “होर्मुज स्ट्रेट बन्द छैन। तेलवाहक जहाजहरूको बीमा गर्ने कम्पनीहरूलाई डर छ, जुन डर अमेरिका र इजरायलले सिर्जना गरेका छन्, इरानले होइन।” उनले भने कि आक्रमणको धम्कीले न त कुनै बीमा कम्पनीलाई असर पर्नेछ न इरानलाई।

अरघचीले थप भने, “इज्जत दिने प्रयास गर्नुस्। व्यापार गर्ने स्वतन्त्रता बिना समुद्री मार्गको अवागमनको स्वतन्त्रता कुनै अर्थ छैन।”

इरानका राष्ट्रपति मसुद पेजेश्कियानले अमेरिकी राष्ट्रपति ट्रम्पको धम्कीलाई ‘बेचैनी र निराशा’को संकेत भनेका छन्। यसैबीच, इरानले इजरायलमा ठूलो हमला गरिसकेको छ। इजरायलको ‘परमाणु स्थल’ डिमोना नजिकै इरानी मिसाइल हमलामा १६० भन्दा बढी मानिस घाइते भएका छन्।

आइतबार तेल अभिभमा भएको इरानी मिसाइल हमलामा कम्तिमा सात जना घाइते भएका थिए। इरानको सरकारी टेलिभिजनले भनेका छन् कि यो हमला इजरायल–अमेरिका द्वारा इरानमाथि भएको हमलाको जवाफ हो।

इजरायली वायुसेनाले २८ फेब्रुअरीमा इरानमाथि आक्रमण गरेपछि, इरानले अहिलेसम्म ४ सय मिसाइल इजरायलमा प्रहार गरेको जनाएको छ। वायुसेनाका अनुसार, जसमध्ये ९२ प्रतिशत मिसाइलहरूलाई नष्ट गरिएको छ।

इरानका मिडियाले भनेका छन्, ‘यदि इरानको ऊर्जा प्रतिष्ठानमा आक्रमण भयो भने, हाम्रा ध्वस्त पावर प्लान्टहरू पुनर्निर्माण नभएसम्म होर्मुजको जलडमरूम खोलिने छैन ।’

होर्मुज जलडमरू इरानसँग जोडिएको छ र यो फारसी खाडीलाई ओमानको खाडी र अरब सागर (दक्षिणपूर्व) सँग जोड्ने एक मात्र समुद्री मार्ग हो । विश्वको २० प्रतिशत तेल र आपूर्ति यहीबाट भइरहेको छ ।

अमेरिका र इजरायली आक्रमणपछि, इरानले यो मार्ग लगभग बन्द गरिसकेको छ, जसले गर्दा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा तेलको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । मार्च २१ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हर्मुजको जलडमरूम खोल्न नयाँ समयसीमा दिएका थिए ।

ट्रम्पले इरानसँग हर्मुजको जलडमरूम पूर्ण रूपमा खोल्न ४८ घण्टा रहेको बताए । यदि इरानले त्यसो गर्न असफल भए अमेरिकाले पावर प्लान्टहरूमा आक्रमण गर्ने र ध्वस्त पार्ने बताएका थिए । ट्रम्पको चेतावनी पछि आइआरजिसीले बदलाभावको जवाफ दिएको हो ।

उसले अमेरिकी हिस्सेदारी भएका सबै कम्पनीलाई लक्षित कारबाहीको चेतावनी पनि दिएको छ ।

तपाईको बिचार