काठमाडौँ। सरकारले फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ। यातायात व्यवस्था विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाएको हो।
अन्तरप्रदेश यात्रुवाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा समान ५-५ प्रतिशतका दरले भाडा बढाइएको छ। बढेको भाडा बुधबारदेखि नै लागु हुने विभागले जनाएको छ।
भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभागले वैशाख १२ मा सहमति दिएको थियो । सोहीअनुसार सार्वजनिक सवारीसाधनको भाडा बढाएको विभागले जनाएको छ । विद्युतीय सवारीसाधनले भने भाडा बढाउन नपाउने विभागले जनाएको छ।
यसअघि चैत २५ गते पनि भाडा वृद्धि गरिएको थियो।
विभागका अनुसार वैशाख १४ को मन्त्रीस्तरीय निर्णयबाट यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि गरिएको हो । विभागले २०८० वैशाख १६ गतेदेखि लागू हुने गरी यात्रुवाहक र मालवाहक दुवै प्रकारका सवारी साधनको भाडा बढाउने निर्णय गरेको हो ।
यो समायोजन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमति र विभागको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार गरिएको विभागले जनाएको छ । भाडा वृद्धिको मुख्य कारण डिजेलको बजार मूल्यमा भएको भारी बढोत्तरीलाई मानिएको छ । विभागको स्वचालित प्रणाली अनुसार इन्धनको मूल्य ५ प्रतिशतभन्दा बढीले घटबढ भएमा भाडा समायोजन गर्ने प्रावधान छ ।
पछिल्लो पटक भाडा समायोजन गर्दा डिजेलको औसत मूल्य प्रतिलिटर १८०.८३ रुपैयाँ रहेकोमा हाल यो ३०.४१ प्रतिशतले बढेर २३५.८३ रुपैयाँ पुगेकाले नयाँ भाडादर कायम गर्नुपरेको विभागको भनाइ छ ।
तपाईको बिचार