काठमाडौं। नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा लगातार गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला २५ रुपैयाँले सस्तो भएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँ कायम भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ४ हजार २ सय ८५ रुपैयाँ तोकिएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो।
तपाईको बिचार