नेप्से परिसूचकमा आज दोहोरो अंकको वृद्धि - MirrorNepal.com

नेप्से परिसूचकमा आज दोहोरो अंकको वृद्धि


काठमाडौं। नेप्सेमा आज वृद्धि भएको छ। आज शुक्रबार नेप्से १२.९६ अंकले बढेर २६८५.५४ विन्दुमा पुगेर रोकिएको छ। आज ३३७ कम्पनिका ८८ लाख ५१ हजार २१६ कित्ता शेयर ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार ३४० मा कारोबार भएको थियो।

आज निर्जीव बीमा र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मूल्य बढेको छ। आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९९ प्रतिशतले बढेको छ भने सेन्ट्रल फाइनान्सको लक्ष्मी भ्यालु फण्ड २ को शेयर ८ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी बोटलर्स नेपालको शेयर ५.३३ प्रतिशतले घटेको छ।

त्यस्तै आज सबै भन्दा बढी रिडी पावरको १७ करोड २६ लाख बराबरको कारोबार भएको छ भने ग्लोबल आइएमइ बैंकको १५ करोड ३२ लाख बराबरको कारोबार भएको छ।

तपाईको बिचार