काठमाडौं। साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ। दिनभर उतारचढावपूर्ण कारोबारपछि नेप्से १.२० अंकले घट्दै २६८४.३३ विन्दुमा बन्द भएको हो।
आज ३४९ कम्पनीका १ करोड १४ लाखभन्दा बढी कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ५७ करोड २० लाख ८४ हजार २३१ रुपैयाँ पुगेको छ।
कारोबारमा १२६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ कम्पनीको मूल्य घटेको छ। सात कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। अधिकांश समय बजार उतारचढावमा रहे पनि अन्तिम समयमा सामान्य गिरावटसहित बजार बन्द भएको हो।
समूहगत परिसूचकतर्फ कुनै पनि क्षेत्रमा उल्लेखनीय उतारचढाव देखिएन। अधिकांश समूह सामान्य अंकले घटबढ भएका छन्।
आजको कारोबारमा इस्टर्न हाइड्रोपावर लिमिटेड का लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन्। कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर प्रतिकित्ता १,५०५ रुपैयाँ ६० पैसा पुगेको छ।
यता, रिलायन्स स्पिनिङ मिल्स का लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोरेका छन्। कम्पनीको सेयर मूल्य ७.४० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा पनि रिलायन्स स्पिनिङ मिल्स नै अग्रस्थानमा रहेको छ। कम्पनीको २७ करोड ६२ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड को करिब १९ करोड ४९ लाख रुपैयाँ तथा सप्तकोशी डेभलपमेन्ट बैंक को १७ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
तपाईको बिचार