काठमाडौं । सेयर बजार दोहोरो अंकले घटेको छ । कारोबार रकम ४ अर्बमा समेटिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २१.१५ अंकले घटेको हो । ०.७८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६६३.१८ अंकमा झरेको छ ।
बजार घटेसँगै सबै समूह राताम्मे भएका छन् । उत्पादनमूलक समूह सबैभन्दा बढी १.३१ प्रतिशतले घटेको हो । आज ३४३ कम्पनीका १ करोड ७ लाख ६१ हजार ३ सय ९६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७ करोड ८ लाख ५३ हजार ६ सय १०.९४ रुपियाँ बराबरको कारोबार भएको छ ।
एभरेष्ट कलर लिमिटेका लगानीकर्ताहरुले आज १५ प्रतिशतले नाफा कमाएका छन् । उक्त कम्पनीको शेयर लगातार बढिरहेको छ । आज प्रतिकित्ता शेयर मूल्य रु. १७३१.४० रुपियाँ पुगेको छ ।
त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी ११.६७ प्रतिशतले घाटा व्यहोरेका छन् ।
खानीखोला हाइड्रोको आज उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४० करोड ६६ लाख ९३ हजार ६ सय ४३.४० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन हिजो सोमबार १.२० अंकले बजार घट्दा ४ अर्ब ५७ करोड २० लाख ८४ हजार २ सय ३१.४० रुपियाँ बराबरको कारोबार भएको थियो ।
तपाईको बिचार