काठमाडौं । इरानले इसराइलमा जवाफी हमला गरेको छ। शुक्रबार बिहान इसराइलले ठूलो आक्रमण गरेपछि इरानले पनि जवाफी आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
इसराइल इरानमाथि हमला गरेपछि देशव्यापी आपतकाल घोषणा गरी सम्भावित प्रत्याक्रमणको सामनाका लागि तयार भएर बसेको थियो।
उसले बिहानैदेखि हवाइ प्रतिरक्षा प्रणाली सक्रिय गराएको थियो। इसराइली सेनाले इरानबाट जबाफी हमला भएको बताएको छ।
सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले इरानले हानेको एक सयवटा ड्रोनबाट इसराइलमाथि प्रहार भएको बताएका छन्।
यद्यपि ती सबै हमलाहरू हवाई प्रतिरक्षा प्रणालीले निष्क्रिय तुल्याएको पनि उनले बताएका छन्।
त्यसअघि इरानमा २०० वटा लडाकु विमानसहित झन्डै साढे तीन सय हतियार प्रयोग गरी आक्रमण गरिएको पनि प्रवक्ता डेफ्रिनले बताएका छन्।
आक्रमणमा इरानी सेनाका प्रमुख, उपप्रमुख, इस्लामिक रिभोलुसन गार्डका प्रमुख तथा दुई जना डाक्टर मारिएका छन्। इस्लामिक रिभोलुसन गार्ड (आइआरजिसी) का प्रमुख जनरल हुसेन सलामीलाई इसराइलले आइआरजिसी हेडक्वार्टरमै आक्रमण गरेर मारेको छ।
त्यस्तै सर्वोच्च नेता आयातोल्लाह अल खामेनी पछिको शक्तिशाली मानिएका इरानी सेनाका प्रमुख मेजर जनरल मोहम्मद बघेरीको पनि मृत्यु भएको बताइएको छ। इरानी सेनाकै उपप्रमुख जनरल घोलमली रसिद पनि मारिएका छन्।
तपाईको बिचार