बेलायत, फ्रान्स र अमेरिकालाई इरानको कडा चेतावनी - MirrorNepal.com

बेलायत, फ्रान्स र अमेरिकालाई इरानको कडा चेतावनी


  • Mirror Team ३१ जेठ २०८२, शनिबार २२:२७:४३

काठमाडौं। इजरायलको भीषण आक्रमणमा आफ्ना महत्वपूर्ण शीर्षस्त सैनिक कमाण्डरहरु र आणविक बैज्ञानीक गुमाएको इरानले यदि अमेरिका, बेलायत र फ्रान्सले इजरायललाई सहयोग गरे उनीहरुका क्षेत्रिय अड्डामा आक्रमण गर्ने चेतावनी दिएको छ।

अर्कोतर्फ इजरायलका रक्षा मन्त्रीले यदि इरानले इजरायल माथि निरन्तर मिसायल आक्रमण गरेमा ुतेहरान जल्नेु बताए। दुबै पक्षबीच रातभरि आक्रमण हुँदा इजरायलमा पनि मानविय क्षती भएको थियो।

इजरायलले शुक्रबार इरानको परमाणु कार्यक्रमलाई लक्षित गरी हमला गरेपछि, इरानले त्यसको जवाफमा मिसाइलहरूको लहर प्रहार गर्दा तेल अविव, जेरुसेलममा विष्फोट भएको थियो अर्को तर्फ इजरायलले तेहरानमा दोस्रो दिन पनि आक्रमण जारी राख्यो।

इरानी राज्य सञ्चारमाध्यमका अनुसार, इरानले बेलायत, अमेरिका र फ्रान्सलाई चेतावनी दिंदै यदि उनीहरूले इजरायलमाथिको आक्रमण रोक्न सहयोग गरेमा क्षेत्रीय सैन्य अड्डा र जहाजहरू निशानामा पारिने छ।

इजरायली अधिकारीहरूका अनुसार अहिले सम्म इरानको आक्रमणमा ३ जनाको मृत्यु भएको छ र दर्जनौं घाइते छन्। अर्कोतर्फ, इरानी राज्य टेलिभिजनले तेहरानमा गरिएको आक्रमणमा ६० जनाको मृत्यु भएको दाबी गरेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अब अर्को मोर्चाबाट खुला युद्ध थालेको बताएका छन्। उनले अब इरानी शासनले यो संघर्षलाई आफ्नो अस्तित्वको लडाइँका रुपमा लिएको भन्दै युद्ध लामो जाने बताए।

तपाईको बिचार